नेवा: देय् दबू बिर्तामोड नगर समितिको आयोजनामा बिर्तामोडमा लाखे नाच प्रस्तुत गरिएको छ । बिर्तामोड-९ स्थित भिमसेन मन्दिरमा विधिवत् उद्घाटन गरी बिर्तामोड मुक्तिचोक-बजार परिक्रमा गरी लाखे नाच प्रदर्शन गरिएको थियो । नागपञ्चमीबाट सुरु हुने नेवारी समुदायको लोकप्रिय यो संस्कृति कृष्णाष्टमीसम्म प्रदर्शन गरिने गरिएको छ ।
Photo : Ekraj Pradhan/2075-4-31
Facebook Comments